stcnepal long ad
ime life insurance
national life
global ime bank long

पदयात्रा खोल्न टेकिङ व्यवसायीको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना महामारीले प्रभावित बनाएको पदयात्रा पर्यटनलाई खुलाएर आर्थिक क्षेत्र चलायमान बनाउन ट्रेकिङ व्यवसायीले माग गरेका छन् ।

खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको चासो बढिरहेको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले तत्काल घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्रा पर्यटनलाई खुला गर्नुपर्छ भन्ने ट्रेकिङ व्यवसायीहरुको माग रहेको छ ।

नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरुलाई खोपको पूरा मात्रा लगाइसकेको छ । यस्तो अवस्थामा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन ट्रेकिङ व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

यस्तै ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने सुझाव दिएका छन।

एक जना पर्यटक पदयात्रामा जाँदा कम्तिमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ । शाहसीक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्नसके पर्यटन सिजनसँगै अर्थतन्त्र चलायमान बनाउन सकिने छ ।

डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ । तर संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपाल बारे चासो बढ्न थालेको ट्राभल तथा ट्रेकिङ व्यवसायीेले बताएका छन् ।

नेपालमा कोरोना संक्रमणदर घटेको समाचार आउन थालेपछि इन्क्वाइरी बढेको पनि व्यवसायीले बताएका छन् । सरकारले भिसा र क्वारेन्टाइनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

IME Lifesidebar
kumari