stcnepal long ad
ime life insurance
national life
global ime bank long

तत्काल पिपिए गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरेका छन् ।

नेपाल पोल एशोसिएसनको आठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजनाका प्रवर्द्धकहरु संकटमा परेको बताएका छन् ।

अहिले धेरै जलविद्युत् कम्पनीहरुले अर्बौं लगानी गरिसकेको र पूर्वाधारका काम अघि बढाइसक्दा पनि नेपाल विधुत प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता ९पीपीए० रोकिएको स्मरण गराउँदै ढकालले यसबाट लागत र अन्योल बढेको बताएका छन् ।
ऊर्जा मन्त्री पम्फा भुसालसमेत सहभागी कार्यक्रममा ढकालले तत्काल पीपीए खुलाउन आग्रह गरेका छन ।

अहिले पिक सिजनमा विद्युत् खेर जाने अवस्था सिर्जना हुने भएकाले कतै पीपीए रोकिने पो हो कि भन्ने हाम्रो आाशंका रहेको छ। अर्बौं लगानी गरिसकेका व्यवसायीलाई यसरी अन्योलमा पार्नुभएन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकेमा मात्र आर्थिक विकास हुन्छ ढकालले भनेका छन्।

वरिष्ठ उपाध्यक्ष ढकालले स्टिल उद्योग सम्बन्धी सरकारको नयाँ नीतिका कारण विद्युतको खपत बढ्न सक्ने उल्लेख गर्दै खपत बढाउने उपायको खोजी गर्नुपर्ने धारणा राखेका छन्।

वरिष्ठ उपाध्यक्ष ढकालले ऊर्जाका क्षेत्रमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने चाँडै नै देखिनेगरी परिणाम निकाल्न आफूहरु तयार रहेको पनि बताएका छन्।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा भएको लगानी संरक्षण र थप लगानीका लागि वातावरण तयार गर्न आग्रह गरेका छन् । कार्यक्रममा ढकालले निजी क्षेत्रबाट सञ्चालित उद्योग व्यवसायलाई पनि सरकारी लगानीका संस्थासरह सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेका छन ।

IME Lifesidebar
kumari