stcnepal long ad
ime life insurance
national life
global ime bank long

एमाले निजामती कर्मचारी संगठन फुटयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन ‘नेपाल निजामती कर्मचारी संगठन’ असोज ३ गतेदेखि विधिवत रूपमा विभाजित भएको छ । माधव कुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट कर्मचारीले एमाले निकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।

यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्।

दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्। दुवै पक्षले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा छुट्टाछुट्टै नेतृत्व पठाएका छन्।

२०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो। दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो।

आफूले पाएको अध्यक्ष पदमा नेपाल निजामती कर्मचारी संगठनले पुण्य प्रसाद ढकाललाई पठाएको थियो। ढकाल उपसचिव पदमा बढुवा भएपछि रिक्त ठाउँमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल कार्यबाहक अध्यक्ष नियुक्त भएका छन। पोखरेल माधव नेपालनिकट मानिन्छन्।

केपी ओलीनिकट कर्मचारीहरूले भोला पोखरेललाई फिर्ता बोलाई पोखरेलको ठाउँमा ओली निकट अध्यक्ष केदार देवकोटाले आफैंलाई सिफारिस गरेका छन्। यता नेपालनिकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा माधव नेपालनिकट मोहन घिमिरेलाई सिफारिस गरेका छन्।

IME Lifesidebar
kumari