citizens life insurance long ad

 सरकारले ‘आयस्रोत नखुलाई लगानी गर्न पाइने ’लगानीको आयस्रोत नखोजिने ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले ‘आयस्रोत नखुलाई लगानी गर्न पाइने’ व्यवस्था गरेको छ । तीन वर्षअघि सर्वत्र विरोधपछि फिर्ता भएको यस्तो व्यवस्था नयाँ अर्थ मन्त्री जनार्दन शर्माले विधेयकमा प्रतिस्थापित गर्नुभएको हो ।

तर उच्च सरकारी अधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस्तो व्यवस्था हटाउन सुझाव दिएका छन् । अर्थ मन्त्री शर्माले गत भदौ २५ मा संसदमा पेस गरेको ‘अर्थ सम्बन्धी विधेयक’ मा निश्चित क्षेत्रमा २०८० सालसम्म गरिएको लगानीको आयस्रोत नखोजिने व्यवस्था गरिएको छ ।

स्रोतका अनुसार अर्थ मन्त्री शर्मा र मन्त्रालयका केही अधिकारीले बजेट तयारीको अन्तिम समयमा ‘आयस्रोत नखोजिने’ बुँदा थपेका थिए ।

संसदमा विचाराधीन उक्त विधेयकमा २०८० चैतभित्र १० क्षेत्रमा गरिएको लगानीको आयस्रोत नखोजिने व्यवस्था छ ।

तिनमा राष्ट्रिय महत्वका जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडक मार्ग, रेल मार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवा सम्बन्धी उद्योग, तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग छन् ।

IME Life
kumari