प्रकाशमान सभापतिमा उठने
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम पूर्व महामन्त्री प्रकाशमान सिंहले १३औं महाधिवेशनमा सभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचन लड्ने सहमति हुँदाका बखत नै १४ औं महाधिवेशनमा सभापति पदमा आफूले लड्ने सहमति भएको आज खुलासा गरेका छन् ।
स्वर्गीय गणेशमान सिंहको २५औं स्मृति दिवसको अवसरमा शोभा भगवतीमा रहेको शालिकमा माल्यार्पण पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले यस्तो खुलासा गरेका हुन ।
उनले पार्टीलाई सबल र सुदृढ बनाउनका निम्ति र विधि,विधान,पद्वति सम्मत सञ्चालन गर्नका निम्ति आफ्नो सभापतिमा उम्मेदवारी भएको समेत बताएका छन् ।
उनले सभापति देउवा इतरका बीच सहमति भई एक उम्मेदवार हुने समेत दावी समेत गरेका छन। देउवा इतर समुहबाट अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी रहदै आएका छन्। । नेता सिंहले आफ्नो उम्मेदवारी फिर्ता हुन न्यायसंगत कन्भिन्स् हुन जरुरी रहेको बताएका छन्।























