stcnepal long ad
global ime bank long

लिटमस केबलमा महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रा.लि ले आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ ।
हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरेको छ ।
२ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने छ ।

लुम्बिनी विद्युत उद्योग प्रा.लि. सन् १९७७ मा स्थापित नेपालको पहिलो Aluminium Conductor Steel Reinforced (ACSR) कन्डक्टर निर्माण कम्पनी हो ।

कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ ।

यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

“कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै बमखबलअभ जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको” कुरा कमपनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री रोहित गुप्ताले बताउनु भयो ।

“ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिल ग¥यौं ।

वास्तवमै यस्तो advance जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं ।” राजेश हमालले बताउनु भयो ।

अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर – ACSR/ABC केबल/XLPE कभर्ड कन्डक्टर्स/पावर केबल/कन्ट्रोल्स केबल/मल्टिकोर फिक्जेबल केबल/डोमेस्टिक हाउस वाइरिङ्ग FRLS/Concentric/Flexible/Enamelled Winding Wires तथा Paper Insulated Winding Wires र / Strips हरुको उत्पादन गर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले लिँदै आएको छ ।

लुम्बिनी विद्युत उद्योग लि नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहदैं आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।

 

IME Lifesidebar
kumari