citizens life insurance long ad
stcnepal long ad

काठमाडौं –३ को क्षेत्रीय सभापतिमा दिपेन्द्र लामा उठने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा दिपेन्द्र लामाले उम्मेदवारी दिने दावी गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं.–६ का वडा अध्यक्ष समेत रहेका लामाले क्षेत्रीय सभापतिमा दावी गरेका हुन् ।

लामाले ३५ वर्ष भन्दा लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आबद्ध भएर विभिन्न जिम्मेवारीहरु सफलतापूर्वक निर्वाह गरेकोले क्षेत्रीय सभापतिका लागि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभचिन्तकले अगाडी बढ्न आग्रह गरे अनुसार आफू उम्मेदवार बन्ने बताएका छन्।
लामाले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई युवा पुस्ताप्रतिको भरोसा र विश्वास बोकेर परिवर्तनको संवाहक बनेर उम्मेदवारी घोषणा गरेको दावि गरेका छन् ।

कामनपा–६ का वडा अध्यक्ष लामाले अहिले देशमा परिवर्तनको लहर चलिरहेको सन्दर्भमा नेपाली कांग्रेसमा पनि युवा नेतृत्वको माग र खोजी बढिरहेको छ । मलाई क्षेत्रीय सभापतिका रुपमा अगाडी बढ्न धेरै आग्रह आएको छ ।

अग्रजहरुकै आग्रह स्विकार्दै सभापतिमा अगाडी बढ्दैछु । लामो समयदेखि पार्टीमा विभिन्न जिम्मेवारी लिएर काम गरेकोले आफूले सबैपक्षलाई समेटेर लैजाने बताउँदै लामाले क्षेत्रीय सभापतिमा दावी गरे पछि पाएको सकारात्मक प्रतिक्रियाले आफू झन् उत्साहित भएको बताएका छन् ।

उनले क्षेत्रका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभचिन्तकहरुसँग सल्लाह गरेर पार्टी संगठनलाई अगाडी बढाउन आफूले क्षेत्रीय सभापतिमा उम्मेदवारी दावी गरेको बताएका छन्।

विगतमा पार्टी, भातृसंगठनका विभिन्न अंगहरु नेविसंघ, जनजाति विभाग, उपत्यका समन्वय समितिमा रहेर काम गरिसकेको, बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षको रुपमा सफलतापूर्वक कार्य गरिसकेको, वडा अध्यक्षको रुपमा गरेका कामहरुको अनुभव, स्थानीय चुनावमा पाएको सफलता तथा विकास निर्माणमा लिएको अग्रसरता जस्ता विविध पक्षले लामालाई क्षेत्रीय सभापतिको बलियो दावेदार बनाएको छ ।

लामाले ८ औं महाधिवेशन देखि प्रत्येक पटक प्रतिनिधि छनौट भएर गए पनि यस पटकबाट माथिल्लो तहमा प्रतिनिधित्वका लागि आफू सक्रियताका साथ अगाडी बढ्ने बताए । उ

नले आफूलाई विश्वास गर्ने आम अग्रज नेता, कार्यकर्ता, शुभचिन्तकहरुलाई निराश नबनाई समग्र क्षेत्रकै विकासमा समर्पित रहने बताए । उनले सबैलाई समेटेर परिवर्तन अनुभुती हुनेगरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नं–३ मा हालका सभापति सन्तोष चालिसे, श्रीकृष्ण ज्योति,कुमार सुबेदी पनि उम्मेद्वार बन्ने चर्चा चलिरहेको छ।

IME Life
kumari