stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया क्यान्सिल गर्न लेखा समितिको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पुर्ण प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले प्रिन्टिङ प्रेस खरिदका लागि हालसम्म भएका सबै प्रक्रिया रोकी ग्लोबल टेन्डरबाट प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भ्रष्टाचार भएको विषय बाहिरिसकेपछि स्वयम् सञ्चार मन्त्रीले समेत राजिनामा दिइसकेकाले यस विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन समितिले दिएको छ ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा अनियमितता गर्न तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा नै लागेको विषय सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । सेक्युरिटी प्रेस खरिद प्रकरणमा घुस मागेको अडियो बाहिरिएपछि तत्कालिन मन्त्री  बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएका थिए । उनले यस विषयमा छानविन गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।
लेखा समितिले स्क्युरिटी प्रेस खरिद प्रक्रियाको पुनर्मुल्याङ्कन गर्ने, खरिद प्रक्रियाको विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्यसचिसँग छलफल गर्ने र खरिद प्रक्रियाको लागत अनुमानलगायतका कागजात तयार गरी अध्ययन गरी थप छलफल निर्णय पनि लेखा समितिले गरेको छ ।

सार्वजनिक खरिद प्रक्रियामा सरकार– सरकारबीच हुने खरिद प्रक्रियाका वारेमा अध्ययन गरी नीतिगत रुपमा देखिएका अप्ठ्यारा बुँदाहरूको परिमार्जन गर्न सरकारलाई निर्देश गर्ने पनि विषय पनि समितिमा छलफल भएको छ ।

prabhu mahalaxmi
kumari