citizens life insurance long ad
stcnepal long ad

पुँजी बजारका लगानीकर्ताहरू असन्तुष्ट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पुँजीबजारका लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीति पुँजीबजारलाई ध्वस्त बनाउने नीति रहेको प्रतिक्रिया दिएका छन् ।

उनीहरुले नेपाल राष्ट्र बैंकले गत साउन २९ गते शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले साना लगानीकर्ताको नाममा समग्र पुँजीबजारलाई ध्वस्त बनाउने नीति रहेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने नयाँ व्यवस्था गरेको थियो ।

जसमा पुँजीबजारका लगानीकर्ताले आपत्ति जाउँदै यसलाई हटाउनमा माग गरेका छन् ।
पुँजीबजारका लगानीकर्ता संगठनमध्ये नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले साउन ३१ गते अर्थमन्त्री जनार्दन शर्मासमक्ष मौद्रिक नीतिको सम्बन्धमा ज्ञापनपत्र बुँझाउँदै पुरानो व्यवस्थालाई निरन्तरता दिन आग्रह गरेका छन् ।

यो नयाँ नीतिले सेयर बजारमा सेयर कर्जामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने बहानामा उल्टो साना लगानीकर्ताको नाममा समग्र पुँजीबजारलाई ध्वस्त बनाउने अभिप्रायले यस्तो कर्जा नीति ल्याईएको उनीहरुको प्रतिक्रिया रहेको छ ।

यससँगै यो नीतिलाई छिटोभन्दा छिटो खारेज गरी पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने उनीहरुको माग रहेको छ ।

सेयर कर्जालाई प्रोत्साहित गर्नुको सट्टा व्यक्तिगत तथा संस्थागत कर्जा सिमाप्रति वित्तीय संस्था ४ करोड र वित्तीय प्रणाली बाट १२ करोडसम्मको सिमा तोक्नुले पुँजीबजारलाई विकसित गर्नु नभई संकुचित गर्न खोजिएको लगानीकर्ताहरु बताउछन् । पुरानो व्यवस्थामा भने उक्त कर्जामा कुनै पनि सीमा तोकिएको थिएन ।

IME Life
kumari