citizens life insurance long ad
stcnepal long ad

पाँच दलको साझा कार्यक्रम बन्दैछ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ ।

असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरूबीचको सहमतिबाट सरकारका काम–कारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको थियो ।

सो कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेतृत्वबाट अन्तिम रूप दिने तयारी भइरहेको छ ।

कार्यदलले नै सरकारमा सहभागी हुने दलबीच मन्त्रीको भागबन्डाको कामसमेत गरिरहेको छ । कार्यदलका संयोजक खड्काले सरकारले गर्ने कामका विषयको सन्दर्भमा रहेर न्यूनतम साझा कार्यक्रम बनाइँदै गरेको जानकारी दिएका छन् ।

सरकारसँग सम्बन्धित विषयमा न्यूनतम कार्यक्रम बनाउँदै छन्। सरकारले के(के गर्ने भन्ने कुरा पाँच दलले साझा कार्यक्रममा ल्याउँदैछ, ड्राफ्ट तयार हुँदै छ।

साझा कार्यक्रमको तयार मस्यौदामा प्रारम्भमा गठबन्धनलाई बलियो बनाउन साझा कार्यक्रमको आवश्यकता महसुस गरिएको उल्लेख छ । कार्यदलले तयार गरेको सरकारको साझा कार्यक्रममा अहिलेको अवस्थामा जनताको स्वास्थ्य सरोकारसँग प्रत्यक्ष जोडिएको कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी, अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका देशभरका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्‍याएर कसरी खारेजीको प्रक्रियामा लैजाने भन्ने विषय पनि उल्लेख छ । यस्तै, जनता समाजवादी पार्टी नेपालले उठाउँदै आइरहेको संविधान संसोधनको मुद्दाका विषय पनि सरकारको साझा कार्यक्रममा राखिएको छ । संविधान संसोधनका लागि कार्यदल बनाउने विषय साझा कार्यक्रम तयार हुँदै गरेको छ ।

IME Life
kumari