आज राधी विद्युतको ३६.५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने असार १४ गते सोमबार अन्तिम दिन हो । कम्पनीले असार २९ गते बस्ने साधारण सभा प्रयोजनका लागि असार १५ गते बुक क्लोज गर्ने भएको छ ।
यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । यसले गत वर्षको नाफाबाट ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्दैछ ।
राधीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन । तसर्थ, सेयरधनी आफैले बोनसमा लाग्ने कर जम्मा गर्नुपर्ने हुन्छ ।
यस्तै, उक्त बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२ प्रतिशत हपकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । प्रस्तावित ३६.५० प्रतिशत बोनस सेयर वितरण भएमा राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ । सोही पुँजीमा १४७.५२प्रतिशत (१ः१.४७ प्रतिशत अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

























