stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खुल्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना संक्रमणदर घट्दै गएकोले  असार १७ गते देखि आन्तरिक उडान खुल्ने भएको हो ।

कोरोना भाइरस संक्रमण बढेपछि हवाइ उडान रोकिएको थियो। विमानस्थल टर्मिनलको क्षमता अनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नु पर्नेछ।

एयरलाइन्सले नियमित उडानको आधा संख्यामा जहाज उडाउन पाउने छन् । बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

त्यसैगरि, यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन र तीन उडान स्वीकृति दिइएको छ।

साथै, सरकार र विमानस्थलले बनाएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ। विमानस्थल सुविधादेय समितिको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्ड कडाइ साथ लागु गर्न कार्यान्वयन समिति र सुपरीवेक्षण समिति पनि बनाएको छ।

prabhu mahalaxmi
kumari