citizens life insurance long ad
stcnepal long ad

धितोपत्र बोर्डको सूचीले लगानीकर्तामा आतंक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अस्वाभाविक रूपमा मूल्य बढाएर सेयर बजारमा चलखेल गरेको भन्दै नेपाल धितोपत्र बोर्डले गत असार १ गते ५१ कम्पनीको सूची प्रकाशित गर्‍यो ।

ती कम्पनीको कारोबार रोक्का गर्ने उद्देश्यले नभई जोखिमको मूल्यांकन गरी लगानी गर्न लगानीकर्तामा सूचित गरेको बोर्डको दावी छ । पछिल्लो १ वर्षमा ३ सय प्रतिशत वा सो भन्दा बढीले सेयर मूल्य बढेका, मूल्य आम्दानी ‘पीई’ अनुपात सय प्रतिशत वा सो भन्दा बढी भएका, प्रतिसेयर आम्दानी अनुपात ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ ऋणात्मक भएका र कम्पनीको वित्तीय क्षमताजस्ता मापदण्डको आधारमा बोर्डले सूचना निकालेको हो ।

जोखिमयुक्त सूचीमा राखेका ५१ कम्पनीहरूले कुनै न कुनैरूपमा इन्साइडर ट्रेडिङ, सर्कुलर कारोबार , कर्नरिङ गरेको आशंका बोर्डको छ ।

धितोपत्र बोर्डले कारवाही गरेका अधिकांश कम्पनीहरूमा लघुवित्त वित्तीय संस्था, जलविद्युत कम्पनी र बीमा कम्पनीहरू छन् । ठूला लगानीकर्ताको प्रभावमा धितोपत्र बोर्डले सूची तयार पारेको भन्दै टिप्पणी बढेको छ ।

धितोपत्र बोर्डले नै कारोबार बन्द गरिदिएको विशाल बजार र राष्ट्रिय बीमा समिति समेत सूचीमा परेको भन्दै धितोपत्र बोर्ड तथा यसका अध्यक्ष भिष्मराज ढुंगानाको तीव्र विरोध भयो । केही सञ्चार माध्यमले त बोर्डका अध्यक्षको राजीनामा समेत माग गरे ।

बोर्डका अध्यक्ष ढुंगाना भने आफूले सही निर्णय गरेको दावी गर्छन् । राम्रो काम गर्दा विरोध हुनु स्वभाविक भएको उनको प्रतिक्रिया रहयो ।
चलखेल भएको देखेर लगानीकर्तालाई सूचित मात्रै गराइएको तर कारोबार रोक्न नभनिएको भन्दै ढुंगानाले साना र नयाँ लगानीकर्ताका लागि धितोपत्र बोर्डले सचेत गराएको हो । यो बोर्डको नियामकीय अधिकार भित्रको कुरा भएको बताए।

छोटो समयमा अत्यधिक प्रतिफल कमाउने आशामा कुखुरा बेचेर, बाख्रा बेचेर , श्रीमतीका गरगहना बेचेर वा ऋण नै काडेर बजारमा प्रवेश गरेका छन् । ठूला लगानीकर्ताहरू त्यहाँबाट निकाल्ने तयारी गरिरहेको समयमा साना लगानीकर्ताको संरक्षणका लागि बोर्डले सचेतमात्रै गराएको हो।

धितोपत्र बोर्डको निर्णयप्रति नेपाल स्टक एक्सचेन्जले असन्तुष्टि जनाएको छ । बोर्डले लिएका आधारहरू कमजोर रहेको भन्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद कम्पनीको नाम नै प्रकाशन गर्नु गलत भएको बताउँछन् ।

कम्पनीहरूले आफ्नो वित्तिय विवरण वेबसाइडमा राखेकै छन् । लगानीकर्ताले त्यहाँ गएर आफ्नो धारणा बनाउन सक्ने भएकाले धितोपत्र बोर्डले खराब र असल भन्न आवश्यक थिएन। खराब र असल भन्ने कुराको निर्धारण बजार आफैंले स्वस्नियमन गर्ने कुरा हो बोर्डले सूची प्रकाशन गर्न आवश्यक छैन ।

बजारको माग र आपूर्तीको कारण मूल्यको निर्धारण हुने भएकाले ३ सय प्रतिशतले सेयर मूल्य बढ्यो भनेर वक्तव्यबाजी गर्नुको औचित्य नरहेको साउदको भनाइ छ ।

लगानीकर्तालाई सचते गराउने अधिकार बोर्डलाई रहेको छ। लगानीकर्तालाई सचेत गराउने तथा खराब कम्पनीहरूको सूची प्रकाशित गर्ने र कारवाही गर्ने अधिकार बोर्डलाई छ ।

बोर्डले प्रकाशित गरेका ५१ वटा कम्पनीको सूचीप्रति भने पौडेल असन्तुष्ट देखिए । भविष्यमा सम्भावना बोकेका कम्पनी माथि बोर्डले विषय विज्ञसँगको परामर्श तथा आफ्नो विज्ञता प्रस्तुत गर्न नसकेको टिप्पणी छ ।

IME Life
kumari