citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आन्तरिक राजश्व विभागले कर तिर्न आगामी असार २५ गतेसम्म आग्रह गरेको छ 

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । आन्तरिक राजश्व विभागले आज बुधबार एक सूचना जारी गर्दै कर तिर्न आगामी असार २५ गतेसम्म आग्रह गरेको छ । कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।

आन्तरिक राजश्व विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नु पर्नेछ ।

त्यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनु पर्ने विज्ञप्तीमा छ ।

२०७७ चैत र २०७८ वैशाखमा बुझाउनु पर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि असार २५ सम्म तोकिएको हो ।

२०७७ चैत र ०७८ वैशाख महिनाको बुझाउनु पर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत ०७८ असार २५ गतेसम्म थप गरिएको विभागले जनाएको छ ।

himalayan life insurance
igi long