citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयविच सम्झौता

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँ महानगरले नीति अध्ययन विश्लेषणका लागि काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टसँग सहकार्य गर्ने भएको छ । यसका लागि आज महानगरको सभा गृहमा सम्झौता भयो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहवरमा गरिएको सम्झौतामा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र विश्वविद्यालयका तर्फबाट स्कूल अफ म्यानेजमेन्टका डीन प्रा. डा. देवी विडारीले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता बमोजिम विश्वविद्यालयले महानगरबाट यसअघि भएका नीतिगत प्रयासहरुको अध्ययन विश्लेषण गरेर आगामी नीति निर्माणमा सघाउने, शैक्षिक कार्यक्रमबाट संस्थागत विकास गर्ने काममा सहयोग गर्नेछ ।

यसैगरी विश्वविद्यालयका विद्यार्थीहरुलाई महानगरले पोलिसी इन्टर्नसिप, प्राक्टिकम वा क्यापस्टोनका माध्यमबाट क्षमता बढाउने सहयोग गर्नेछ ।

यसै गरी दुवै पक्ष मिलेर सुशासन, आर्थिक–सामाजिक समावेशिता लगायत विषयमा संयुक्त अध्ययन, अनुसन्धान, प्रकाशन गर्ने, गोष्ठी तथा सेमिनार आयोजना गर्ने काम हुनेछ ।

यसैगरी सार्वजनिक नीति प्रयोगशाला (पब्लिक पोलिसी ल्याब) सँगको सहकार्यमा पोलिसी आउटरिच सेन्टर स्थापना गरिनेछ । सम्झौता पछि प्रमुख शाक्यले, सहरी व्यवस्थापनमा सघाउन शैक्षिक तथा अनुसन्धानमा आधारित प्रतिष्ठित निकायसँग सम्बन्ध जोडेको बताउनुभयो ।

हामी आफ्नो क्षमता भन्दा बाहिरको काम गर्न त्यस कामका लागि संस्थागत क्षमता, संरचना, अनुभव र जनशक्ति भएका निकायसँग सहकार्य गर्ने नीतिअनुसार काम गरिरहेका छौँ ।

कोविड महामारीका समयमा सरकारी र सामुदायिक अस्पतालहरुको क्षमता बढाउन गरिएको सहयोगको प्रसङ्ग उल्लेख गर्दै उहाँले यसबाट अपेक्षित उपलब्धी प्राप्त भएको बताउनुभयो ।

त्यस क्रममा डीन प्रा. डा. विडारीले महानगरले दिएका कामको उचित प्रतिफल दिने बताउनुभयो । विश्वविद्यालयको काम भनेको पढाउने, अनुसन्धान गर्ने मात्र होइन ।

यी कामसँगै सामुदायिक विकासका लागि प्रयास गर्ने पनि हो । यसका लागि हामीलाई महानगरले अवसर दिएको छ । यसबाट हामी पूर्ण प्रतिफल निकाल्ने प्रयास गर्नेछौँ । उहाँको प्रतिवद्धता थियो ।

विश्वविद्यालयसँगको सहकार्यबाट महानगरको सुशासन प्रवर्धनमा उल्लेख्य र अनुभूति योग्य परिणाम आउने हामीले अपेक्षा गरेका छौं । त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले धारणा राख्नुभएको थियो ।

 

 

himalayan life insurance
igi long