citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौँ महानगर र राष्ट्रिय प्रकृति संरक्षण कोषविच सम्झौता

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । सहरमा नासिँदै गएको हरियाली र जैविक विविधतालाई पुनस्र्थापना गराउने कामका लागि काठमाडौँ महानगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोषविच आज सम्झौता भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहवरमा भएको सम्झौतामा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र कोषका तर्फबाट सदस्य सचिव शरदचन्द्र अधिकारीले हस्ताक्षर गर्नुभएको थियो ।

काठमाडौँ उपत्यका खासगरी काठमाडौँ महानगर क्षेत्रभित्रको विद्यमान सहरी हरियाली (पारिस्थितिकीय प्रणाली) र जैविक विविधताको विद्यमान अवस्थालाई सुधार गरेर पुनस्र्थापना गराउने सम्झौता बमोजिमको मुख्य काम हो ।

महानगरले निर्माण थालनी गरेको पार्क, वन तथा नदी किनारा र सार्वजनिक स्थानमा गरिएको हरियालीलाई व्यवस्थित र बैज्ञानिक विकास गर्न आवश्यक पर्ने नीति, रणनीति तथा कार्ययोजना बनाउने र ती नीतिगत व्यवस्थालाई कार्यान्वयन गराउन सम्झौताबमोजि काम हुनेछ ।

यस्ता क्षेत्रको संरक्षण, सम्बर्धन र सम्भावित सार्वजनिक उद्यान सम्बन्धि विस्तृत योजना तयार पार्ने र थालिएका कामलाई दिगो बनाउन महानगरको संस्थागत क्षमता बढाउने काम पनि सँगै हुनेछ ।
सम्झौतापछि बोल्दै प्रमुख शाक्यले, यस अघि पार्क निर्माण, वृक्षारोपण तथा हरियाली प्रवर्धनमा गरिएका प्रयासलाई सहकार्यले विकास गर्न सघाउने विश्वाश व्यक्त गर्नुभयो ।

विगतका कमजोरी सुधार गर्न र आगामी कार्यक्रमलाई बैज्ञानिक तथा व्यवस्थित बनाउन सहकार्य प्रभावकारी हुनेछ । उहाँको भनाइ थियो ।
त्यस क्रममा कोषका सदस्य सचिव अधिकारीले, सहरीकरणका कारण काठमाडौँको परम्परागत र रैथाने जैविक विविधता र हरियालीको प्रणालीमा ठूलो असर गरेको बताउनुभयो ।

विकास भन्नेवित्तिकै पूर्वाधारलाई मात्र प्राथमिकता दिइने गरेकोमा काठमाडौँ महानगरले प्राकृतिक वातावरण जोगाउने कामलाई मनन गरेर हामीसँग सम्झौता गरेको छ । यसलाई हामीले विग्रिएको अवस्था सुधार गर्ने ठूलो अवसरका रुपमा लिएका छौँ । अधिकारीको भनाइ थियो । ।

कोषसँग पटक पटकको बैठक र सहरको विद्यमान अवस्थाको विश्लेषण गरेपछि सहकार्यमा काम गर्ने निष्कर्षमा पुगिएको, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतको भनाइ छ ।

 

himalayan life insurance
igi long