stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्व बैङ्कले नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतको अनुमान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । विश्व बैङ्कले सन् २०२०/२१ मा नेपालको आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने अनुमान गरेको छ । यो आर्थिक वृद्धिदर दक्षिण एसियाली मुलुकहरूमध्ये बङ्गलादेशको आर्थिक वृद्धिदर (३,६ प्रतिशत) पछिको सबभन्दा राम्रो वृद्धिदर हो ।

ग्लोबल इकोनोमिक प्रस्पेक्टस सार्वजनिक गर्दै विश्व बैङ्कले यो वर्ष पाकिस्तानको १.३ प्रतिशत तथा बाँकी दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण गरेको छ ।
अर्को वर्ष (२०२१/२२) मा भने नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान छ ।

यो आर्थिक वर्षमा भारतको ८.३ प्रतिशत, बङ्गलादेशको ५.१, भुटानको पाँच प्रतिशत र पाकिस्तानको दुई प्रतिशत रहने प्रक्षेपण बैङ्कको छ । यही समय माल्दिभ्सको साढे ११ प्रतिशत, अफगानिस्तानको २.६ प्रतिशत र श्रीलङ्काको दुई प्रतिशतको आर्थिक वृद्धिदर रहने विश्व बैङ्कले जनाएको छ ।

IME Lifesidebar
kumari