stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेयर भाउ वृद्धि हुन थालेपछि वाणिज्य बैंकहरुको सेयर बजारमा थप रौनकता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर भाउ वृद्धि हुन थालेपछि वाणिज्य बैंकहरुको सेयर बजारमा थप रौनकता आएको छ । बैंकहरुको सेयर भाउमा क्रमशः वृद्धि हुँदै आज नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ ।

आइतबार १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो । यसअघि जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

नेप्से सूचक पनि ५० दशमलव १३ अंकले बढेर २९०६।८९ विन्दुमा आइपुगेको छ । यो पनि अहिलेसम्मकै उच्च विन्दु हो । आइतबार कुल २ सय १८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार बढी कित्ता सेयर खरिद बिक्री भएको छ ।

IME Lifesidebar
kumari