stcnepal long ad
ime life insurance
national life
global ime bank long

कार्यदलको औचित्य नभएको भन्दै वार्ता बन्द गर्न माधव निकट चार नेताको पत्र

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गर्दै पत्र लेखेका छन् ।

जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकालेका हुन् ।

शीर्ष नेताहरूलाई निष्कासनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको भन्दै पत्रमा उल्लेख छ ‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौँ’

२ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि पत्रमा उल्लेख छ । राष्ट्रिय भेला, कर्णालीमा फ्लोर क्रस, राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नै उम्मेदवार र केपी ओलीलाई खराब प्रवृत्तिका नाइके घोषणा गरिनुको अर्थ २ जेठमा फर्कन मात्रै नभएको पनि संस्मरण गरिएको छ ।

IME Lifesidebar
kumari