stcnepal long ad
global ime bank long

आजदेखि २५ प्रतिशत कर्मचारीबाट बैङ्किङ सेवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  । बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि बिहीबारदेखि काठमाडौँ उपत्यका लगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिसकेको छ ।

राष्ट्र बैङ्कले विभिन्न निकायबाट जारी भएकारहुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ ।

निषेधाज्ञाको समयमा पनि बैङ्किङ सेवा अत्यावश्यकीय भएको र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने भएकाले कर्मचारीको उपस्थिति थोरैभन्दा थोरैमा सेवा प्रदान गर्न राष्ट्र बैङ्कले मातहतका वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स तथा माइक्रोफाइनान्स कम्पनीलाई निर्देशन दिएको हो ।

अनावश्यक कर्मचारीको उपस्थिति रोक्न डिजिटल प्रविधिमार्फत कारोबार बढाउन र भौतिक सेवालाई न्यूनीकरण गर्न राष्ट्र बैङ्कको निर्देशन छ । कर्मचारीलाई पनि सक्दो घरैबाट र दूर पहुँचबाट काम गर्न जोड दिनसमेत निर्देशनमा उल्लेख छ ।

बैङ्क तथा वित्तीय संस्थालाई नजिकै रहेका शाखाहरूको हकमा थोरैभन्दा थोरै शाखा सञ्चालनमा ल्याई वैकल्पिक शाखाबाट आलोपालो सेवा प्रदान गर्नसमेत राष्ट्र बैङ्कको निर्देशन छ । बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जालमा सेवासम्बन्धी सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, खुल्ने वैकल्पिक शाखा तथा समयावधि सम्बन्धी सूचना दैनिक रूपमा प्रकाशन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

बढ्दो कोरोना सङ्क्रमण जोखिमलाई ध्यान दिँदै सेवाग्राहीलाई सम्भव भएसम्म ‘फेस टु फेस’ बैङ्किङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न राष्ट्र बैङ्कको आग्रह छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले पनि सम्भव भएसम्म बढीभन्दा बढी डिजिटल बैङ्किङ सेवा प्रयोगमा जोड दिन थालेका छन् ।
नेपाल बैङ्कर्स एसोसिएसनले ‘घरबाटै कारोबार गरौं , आफू र अरूलाई सुरक्षित राखौँ’ भन्ने नारासाथ ग्राहकलाई डिजिटल बैङ्किङ सेवाको उच्च सदुपयोग गर्न आग्रह गरेको छ ।

निषेधाज्ञामा पनि बैङ्कका शाखा तथा एटीएम बुथहरू खुला नै रहने भएकाले इन्टरनेट÷मोबाइल बैङ्किङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोनमार्फत सम्पर्क गरेर समाधान गर्न सकिने एसोसिएसनको आग्रह छ ।

यता बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले पनि कम्पनीहरूको कार्यप्रणाली सम्भव भएसम्म अनलाइनमार्फत गर्न आग्रह गरेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई निषेधाज्ञा अवधिभर अनलाइनमार्फत बीमालेख जारी गर्न समितिले निर्देशन दिएको छ ।

समितिले सर्कुलर नै जारी गर्दै इजाजत प्राप्त सबै बीमा कम्पनीलाई बीमालेख अनलाइनबाट जारी गर्दा अनिवार्य रूपमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिकाका साथै बीमकको अन्डराइटिङ म्यानुअलमा अधीनमा रहनुपर्नेमा पनि ध्यानाकर्षण गराएको छ । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari