stcnepal long ad
global ime bank long

सूचना तथा प्रसारण विभागको सेवा प्रवाह स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णय अनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि विभागले आज विज्ञप्ती जारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो ।

कर्मचारीलाई कोरोना पुष्टि भएको तथा निजसँग निकट सम्पर्कमा रहेका केही कर्मचारीलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको जनाउँदै विभागबाट प्रदान गरिने पत्रकारको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण, अनलाइन सञ्चार माध्यम नयाँरपुनः दर्तारनवीकरण र प्रसारणतर्फको सम्पूर्ण सेवा प्रवाह गर्दा बढी जनसम्पर्क हुने विभागको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभागका सेवा अनलाइन भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नहुने, बढी जनसम्पर्क हुने तथा कोरोनाको बढ्दो सङ्क्रमणबाट सेवाग्राही तथा कर्मचारीलाई सम्भावित सङ्क्रमणबाट जोगाउन अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगन गरिएको छ ।’

IME Lifesidebar
kumari