सिभिल लघुवित्तको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेकोे छ ।
सिभिलले गत वर्षको यसै अवधिको तुलनामा २७९.८६% ले खुद नाफा वृद्धि गरी यस वर्ष ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ । यस वर्ष भने १ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ९७.३८% ले बढेर ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, सिभिलको सञ्चालन नाफामा अकर्षक वृद्धि भएपछि खुद नाफा सुधार भएको देखिन्छ । सञ्चालन नाफा ६५६.९५% वृद्धि हुँदै ७ करोड ५ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष भने ९३ लाख १८ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको थियो । चुक्ता पुँजी रिजर्भ कोष लगायत सूचकहरु पनि बढेका छन् । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६४ पैसाले बढेर २७ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि बढेको छ ।


























