stcnepal long ad
global ime bank long

पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समाचार सम्प्रेषण भएकै आधारमा उज्यालो नेटवर्क डटकम पत्रकारलाई सञ्चारमाध्यमको कार्यालयबाट प्रकाउ गरिएको र सञ्चारगृहमा छापा मारेकोमा प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सञ्चारमाध्यमबाट सम्पे्रषित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ र पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) बमोजिम प्रेस काउन्सिल नेपालले कारबाही गर्न स्मरण गराएको छ ।

यस्तै काउन्सिलले ‘प्रधानमन्त्री केपी ओली र रअबीच भएको सहमति‘’ शीर्षकमा उज्यालो नेटवर्क डटकम लगायतका विभिन्न न्युजपोर्टलबाट भ्रमपूर्ण, आधारहीन, तथ्यहीन राष्ट्रियतामा समेत आँच पुग्ने किसिमको सामग्री सम्प्रेषण भएकोमा २४ घण्टे स्पष्टीकरण सोध्दै सामग्री हटाउन निर्देशन दिइएको पनि अवगत गराएको छ ।

काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘ती न्युज पोर्टलहरूले आगामी दिनमा आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै विवादास्पद सामग्री हटाइ, सार्वजनिक रूपमा क्षमायाचनासहित भुलसुधार गरी काउन्सिलमा उपस्थित भई स्पष्टीकरण पेस गरिसकेका छन् ।’

यसै सन्दर्भमा उच्च अदालत पाटनले निवेदनको टुङ्गो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नू भन्ने आदेश दिएको थियो । तर त्यसको धज्जी उडाउँदै प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको थियो ।

IME Lifesidebar
kumari