stcnepal long ad
global ime bank long

ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने कांग्रेसको निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने निर्णय गरेको छ ।

यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सरकारको विकल्प खोज्ने निर्णय गरेपनि अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा पार्टी हच्किएको हो ।

माओवादी केन्द्रले साथ दिने भने पनि जनता समाजवादी पार्टीको एक खेमाले सहयोग गर्ने संभावना नदेखिएकोले कांग्रेसले प्रस्तावको पक्षमा बहुमत पुग्ने ग्यारेन्टी भएमात्र अविश्वास प्रस्ताव ल्याउने स्पष्ट पारेको छ ।

आइतबार सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपसभापति विमलेन्द्र निधिले प्रस्ताव राखेर फेल भए पार्टी खाडलमा फस्ने भएकाले पूर्ण तयारी नगरी अविश्वासको प्रस्ताव नल्याउने बताउनुभयो ।

आजको बैठकले सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगन गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेको भन्दै सबै केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेपछि मात्र बैठक १५ गते बस्ने तय भएको हो ।

IME Lifesidebar
kumari