stcnepal long ad
global ime bank long

जनस्वास्थ्य नियम पालना नगर्नेको समाचारलाई निरुत्साहित गर्न सञ्चारकर्मीलाई स्वास्थ्य मन्त्रालयको अनुरोध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सार्वजनिक सूचना निकाल्दै सञ्चारकर्मीहरुलाई कोरोना भाइरसविरुद्ध जनस्वास्थ्य मापदण्ड नअपनाउने जो कोहीको समाचारलाई निरुत्साहित गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीको हस्ताक्षरमा प्रकाशित गरिएको सार्वजनिक सूचनामा कोभिड–१९ को महामारीसँग जुध्नको लागि सबै सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले देखाएको सक्रियता प्रति धन्यवाद पनि दिइएको छ ।

अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको छ । समग्र आमसञ्चारमा समाचार पढ्दा अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरि दिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ, सार्वजनिक सूचनामा भनिएको छ ।

यस्तै नेपालका विभिन्न स्थानमा भारतमा जस्तै संक्रमितहरुको उपचार तथा हेरचाहमा समस्या आउन थालिसकेको बताइएको छ । यस अवस्थामा सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिका निर्वाह नगरे समस्या झन् भयाभह हुने स्थिति आउन सक्ने बताइएको छ ।

आज जुन दुःखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेका छन् त्यो कसैको पनि परिवार वा आफन्तमा नघटोस् भन्नका लागि हामी सबैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ । संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेको मापदण्डहरु निर्विकल्प उपाय हुन्, सार्वजनिक सूचनामा उल्लेख छ ।

साथै, मन्त्रालयले समाजका अगुवाहरुको क्रियाकलापहरुलाई सबैले अनुसरण गर्ने भएकाले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिन, सार्वजनिक समारोहहरु सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न÷नगराउन र सहभागी नभदिन अनुरोध गरेको छ ।

 

IME Lifesidebar
kumari