stcnepal long ad
global ime bank long

शंकर थापा ‘स्माइल’को संगीतमा ‘सोची हेरन’ भिडियो सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’को संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सोची हेरन’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

सुदिप भण्डारीको स्वरमा रहेको यस गीतमा चर्चित गीतकार डि।पी खनालको शब्द रहेको छ। गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ।

आत्मसम्मान, जिम्मेवारी भित्रको प्रेम कहानी प्रस्तुत गरिएको म्युजिक भिडियोमा बिकाश लामिछाने र सिर्जना जिसी फिचर्ड छन्। अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो।

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

IME Lifesidebar
kumari