खाेप नआउदा नेपाल-भारत सम्बन्धमा आशंका
काठमाडौ । २०७८ बैशाख ६ गते बेलुकीसम्म नेपाल सरकारले पक्का गरी प्रकाशित गरेको जानकारी अनुसार नेपालमा २ लाख ८५ हजार ९ सय कुल कोरोना रोगीहरुको संख्या पुगेको छ भने मर्नेहरुको कुल संख्या ३ हजार ९१ जना पुगेको छ ।
नेपाल भर १ हजार २ सय २७ जना नयाँ कोरोना रोग संक्रमित रोगीहरु भेटिएका छन । बैशाख ६ गते नेपाल सरकारले ७ हजार १ जनाकाे पीसीआरटी परीक्षण गरेको थियो र त्यसबाट नेपालमा कोरोना रोगीहरुको संख्या १७.५२६ प्रतिशत रहेको पुष्टी भएको छ ।
गत माघ १४ गतेबाट नेपाल सरकारले कोराेना बिरुद्धको खोप लगाउन नेपालभर सुरु गरेको थियो । भारतबाट नेपाली जनतालाई उपहारको रुपमा प्राप्त १० लाख डोज खोप निशुल्क प्राप्त भएकाे थियाे । साे खाेपबाट ४ लाख ५० हजार नेपालीलाई खोप दिने काम नेपालभर प्रथम चरणमा सम्पन्न भएकाे छ ।
याे भारतीय खोपको प्रभावकारिता ६२ प्रतिशत भएको जानकारी दिईएको छ। अर्थात यो खोप लगाएकाहरु १०० जनामा ६२ जना कोरोना रोगबाट सुरक्षित रहनेछन । भारतबाट सरकारले खरिद गरेकाे २० लाख खाेप मध्ये १० लाख डाेज खाेप आएकाे र साे खाेप ६५ वर्ष भन्दा माथिका बृद्वबृद्वा,शिक्षक,अत्यावश्यक सेवामा काम गर्नेलाई खाेप लगाईएकाे थिए ।
भारतसँग खरिद गर्न रकम समेत भुक्तानी भैसकेकाे १० लाख डाेज काेराेना खाेप भारतले समयमा नदिदा नेपाल-भारतमा सम्बन्धमा नै खलल पुग्ने भएकाे छ । भारतले काेराेना खाेप समयमा उपलब्ध गराएमा यश अघि पहिलाे खाेप लगाएका व्यक्तिहरूलाई दाेस्राे खाेप लगाउन सहज हुने थियाे ।
भारतबाट खाेप नआउदा तीन महिना अघि पहिलाे खाेप लगाएका व्याक्तिहरूले दाेस्राे खाेप लगाउन पाएका छैनन् । भारतबाट समयमा खाेप नआउदा नेपाल सरकारले चीनबाट चिनियाँ खाेप खरिद गर्नेतिर साेच्न थालेकाे छ। भारतले अघाेषित नाकाबन्दी लगाउदा र नेपाली भुमि कालापानी,लिपुलेक र लिम्पियाधुरा मिचेर भारतले नक्सा सार्वजनिक गरेपछि बिग्रिएकाे नेपाल -भारत सम्बन्धमा गत कार्तिक ५ गते रअ प्रमुख सामान्त गाेयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि नेपाल – भारत सम्बन्धमा सुधार आएकाे थियाे।
काेराेना खाेपकाे १० लाख डाेज समयमा नआउदा कतै नेपाल बिच्किएर फेरि काेराेना खाेप खरिद गर्न चीन तर्फ जाने त हाेइन भन्ने आशंका पनि देखिदैछ। नेपाल -भारत सम्बन्धलाई गतिशिल बनाउन र अहिले कायम रहेकाे भारतसँगकाे विशेष सम्बन्ध लाई निरन्तरता दिन पनि भारतले रकम भुक्तानी भैसकेकाे १० लाख डाेज खाेप छिट्टै पठाउन र थप ५० लाख काेराेना खाेप खरिदका लागि सहजता गर्न आवश्यक छ ।
चीनले पनि ७८ प्रतिशत प्रभावकारिता भएको ८ लाख डोज कोरोनाको खोप नेपाललाई सहयोग स्वरुप दिने प्रतिबद्धता जनाएकोमा सो खोप प्राप्त भैसकेको छ । नेपाल सरकारले उक्त खोप चीनमा पढ्न जाने नेपाली बिद्यार्थीहरु र चीन तिर व्यापार गर्ने व्यापारीहरुलाई लगाउन सुरु गरेको छ ।
चीनबाट अनुदान सहयाेग गरेकाे काेराेना खाेप लगाउदा साइड इफेक्ट पनि देखिएकाे छैन्। त्यसैले स्वास्थ्य मन्त्रालयले चिनियाँ खाेप खरिद गर्न चाहाना देखाएका छन । सरकारले चिनियाँ खाेप खरिद गरेकाे अवस्थामा अन्य व्यापारमा पनि नेपाल चीनसँग निर्भर हुन सक्ने सम्भावना छ ।
नेपालमा ५५ बर्ष भन्दा माथिका १० लाख नेपाली जनतालाई खोप दिनका लागि भारतबाट सहुलियत दरमा २० लाख मात्रा खोप खरिद गर्ने निर्णय गरेकोमा केबल १० लाखको खेप मात्रै हाल सम्म प्राप्त भएको छ । याे खाेप समयमा नआउदा दाेस्राे खाेप लगाउन पाएका छैनन ।
खाेप नआउदा कतै नेपाल बिच्किएर चीनतिर ढल्कने त हैन भन्ने आशंका देखा परेकाे छ। अघाेषित नाकाबन्दीमा भारतसँग तर्सिएकाे नेपालले चीनसँग विशेष सम्बन्ध राख्दै चीनसँग पारवहन तथा व्यापार सन्धी गर्ने र विआरआईमा हस्ताक्षर गर्न पुगेकाे थियाे ।
दिल्लीसँगकाे विशेष सम्बन्धमा केही दुरी कायम गरि चीनसँग निकटता कायम गरेकाे थियाे। फेरि त्यस्ताे सम्बन्ध नबिग्रियाेस भन्ने नेपाल- भारत सम्बन्ध राम्राे चाहने कुटनैतिक विद र वुद्विजिविहरूकाे चिन्ता र चासाे देखाएका छन् । पछिल्लाे पटक एकै दिन ८ कोरोना रोगीहरुको मृत्यु भएको सरकारले जनाएको छ भने एकै दिनमा ३० जना कोरोना रोगीहरु मरेको पुरानो उच्च रिकर्ड तोडिएको छैन ।
काठमाडौंमा बैशाख ३ गते ४८ वर्षिय कमल मिश्र, ७० वर्षिय विण्णु राजवहाककाे मृत्यु भएकाे छ । नेपालमा कोरोना महामारीको दोस्रो पिक आवर बैशाख,जेठ, असार,साउनकाे समय सुरु भएको छ र सो पिक समय विज्ञहरुले भनेकै समयमा देखिन थालेको छ ।त्यसैले सुरक्षाका सबै उपायहरु यथावत अपनाउनु पर्ने नेपाल सरकारले जनाएको छ ।
६५ बर्ष माथि उमेर भएका सबै नेपाली जनतालाई खोप लगाउने कार्य सरकारले सम्पन्न गरेको छ । संसारभर कोभिडको प्रकोप बढेको छ भने भारत र नेपालमा पनि धेरै बढेको छ । नेपालमा नयाँ संक्रमण हुने दर २ प्रतिशत भन्दा तल झरीसकेकोमा हाल पुन: बढेर २० प्रतिशत पुगेको छ ।
सन २०२१ अप्रिल २० तारेखको मध्यरात्री सम्ममा संसारभर कोरोना रोगबाट मर्नेहरुको कुल संख्या ३,०४३,७०७ जना पुगेको छ । पछिल्लो २४ घण्टा भित्र मर्नेहरुको कुल संख्या ९,८५२ रहेको छ । अमेरिकामा ४८८, भारतमा १,७५७, ब्राजिलमा १,६०७ , रसियामा ३४६, फ्रान्समा ४४७, ईटालीमा ३१६, टर्कीमा ३४१, पोलैण्डमा १०१, कोलम्वियामा ४२०, मेक्सिकोमा १११, ईरानमा ३९८, युक्रेनमा २१४, पेरुमा ३०७, ईण्डोनेशियामा १४३, चीलीमा १००, रोमानियामा १४९, हंगेरीमा १९७, बंगलादेश ११२, बुल्गेरियामा २१७, कोरोना रोगीहरु पछिल्लो २४ घण्टा भित्र मरेका छन ।
बिश्वका अन्य मुलुकहरुमा मर्नेहरुको संख्या भने १०० भन्दा तलै छन तर धेरै युरोपियन मुलुकहरुमा मर्नेहरुको संख्या सामान्य कमी आएको छ। बितेको २४ घन्टा भित्र मर्नेहरुको संख्या ९,८५२ रहेको छ । अमेरिकामा मर्नेहरुको संख्यामा १ हजारबाट निकै तल झरी ४८८ जना भएको छ ।
संसार भरको कोरोनाको ताजा तथ्याङ्क निम्न छन : कुल कोरोना रोग संक्रमितहरुको संख्या १४३,७२७,८०५ जना, कुल कोरोना रोगबाट मरेकाहरुको संख्या ३,०४३,७०७ जना, कुल कोरोना रोगबाट मुक्तहरुको संख्या १२१,२४६,४६३ जना रहेकाे छ।























