stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, २७ सय अङ्क नाघ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेले मङ्गलवार नयाँ कीर्तिमान बनाउँदै २०७७ साललाई सुखद बिदाई गरेको छ । नेप्से २३ दशमलव २३ अङ्कले बढेर अहिलेसम्मकै उच्च विन्दु २७ सय १४ दशमलव ७९ अङ्कमा पुगेको छ । यसअघि सोमवार हिजो १७ दशमलव २० अङ्कले बढेर नेप्से २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको थियो ।

मङ्गलवार बैंकिङ समूहको शेयर ४२ दशमलव ३६ अङ्कले, व्यापार समूहको शेयर ६९ दशमलव २९ अङ्कले, विकास बैंकको शेयर ९५ दशमलव ४२ अङ्कले, हाइड्रोपावरको शेयर ३१ दशमलव ६९ अङ्कले बढेको छ ।

मङ्गलवार दुई सय नौ कम्पनीका एक करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर सात अर्ब १४ करोड ३१ लाख रुपियाँमा कारोबार भए । सबैभन्दा धेरै २८ करोड रुपियाँको शेयर किनबेच भएको छ ।

मङ्गलवार एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

समग्र बजार बढे पनि लक्ष्मी लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

IME Lifesidebar
kumari