stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना भाइरस विरुद्धको दोस्रो डोज खोप लगाउने तालिका सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । स्वास्थ्य कार्यालय काठमाडौँले कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप केन्द्र र तालिका सार्वजनिक गरेको छ । सरकारले बैशाख ७ देखि ११ गतेसम्म कोभिड विरुद्धको दोस्रो डोज खोप लगाउने भएको छ ।

खोपका लागि सरकारले १९ खोप केन्द्र तोकेको छ । पहिलो मात्राको खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा उक्त वियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वीतीय संस्थाका कर्मचारी लगायतलाई आफुलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लिन सरकारले आग्रह गरेको छ ।

२०७७ माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोजको खोप लगाएकाले २०७८ बैशाख ७ गते खोप लगाउनु पर्नेछ । माघ १८, १९, २०, २१ र २७ गते लगाएकाले बैशाख ८ गते लगाउनु पर्नेछ ।

माघ २२, २३, २४, २८ र फाल्गुन २ गते लगाएकाले बैशाख ९ गते लगाउनु पर्नेछ । माघ २९ र फाल्गुन ३, ४, ५ र ६ गते लगाएकाले बैशाख १० गते लगाउनु पर्नेछ भने माघ ३० र फाल्गुन ७, ८, ९ र १० गते खोप लगाएकाले बैशाख ११ गते खोप लगाउनु पर्नेछ ।

 

IME Lifesidebar
kumari