stcnepal long ad
global ime bank long

सिंगटी हाइड्रो इनर्जीको आइपीओ शुक्रबार बाँडफाँट हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट चैत २७ गते शुक्रबार  ११ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ ।

सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

यता, सिंगटी हाइड्रोको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्य मै भर पर्नु पर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ९.३४ गुणा बढी हो ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् ।

१३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको थियो ।

उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।

IME Lifesidebar
kumari