बेत्रावतीदेखि गोसाइकुण्डसम्म रणनीतिक सडक निर्माण हुने
रसुवा । नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ । रसुवा जिल्लाबाट निर्वाचित कांग्रेस सांसद मोहन आचार्यको पहलमा बेत्रावती–कालिकास्थान–स्याउबारी–लोकिल–वेताङ–आरुखर्क–लाङ्बु–थाङ्दोर– सिमबन्दी हुँदै गोसाइकुण्ड जाने सडक रणनीतिक सडक आयोजनामा समावेश भएको हो ।
सांसद आचार्यले विस २०७६ माघ १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसामु उक्त सडकलाई रणनीतिक सडक निर्माणका लागि पहल गर्न आग्रह गर्दै निवेदन दिएका थिए । सोही पहलपछि यो आयोजना रणनीतिक सडकमा समावेश भएको हो ।
उता, बोगटिटार हुदै नौकुण्ड जाने सडकमा केही समयअघि मात्रै ४ वटा पक्की पुलको टेन्डर भैसकेको छ। ती पुलको निर्माण तोकिएको समयमै हुने सांसद आचार्यले जानकारी दिए ।
यो रणनितिक सडकले यस क्षेत्रको जनजीवन सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान दिने हुँदा यस क्षेत्रको सामाजिक आर्थिक विकासमा समेत सहयोग गुग्ने स्थानीय वागेल थोक्राले बताए ।
उक्त सडक निर्माणका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन समेत भैसकेको जानकारी दिँदै प्रदेश सभासद प्रेम तामाङले सांसद मोहन आचार्यको निरन्तरको प्रयासबाट यो सम्भब भएको बताउनुभयो।























