citizens life insurance long ad
stcnepal long ad

दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालकमा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । चैत १६ गतेको नेपाल सरकार मन्त्रीस्तरिय बैठकले मैनालीलाई बैंकको सञ्चालकका लागि मनोनय गरेको हो ।

मैनाली नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा बैंक सञ्चालक सदस्य मनोनय भएका हुन् ।

मैनालीलाई बैंकको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ । मैनाली अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख रहेका छन् ।

IME Life
kumari