स्वंयम सेवक भूमिकामा NCC क्याडेट परिचालन
काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एंव व्यवस्थित बनाउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखिकरण कक्षाबाट प्रशिक्षित क्याडेटहरु २०७७ चैत १० गतेबाट १० दिनको लागि काठमाण्डौ र भक्तपुर जिल्लाका विभिन्नम स्थानहरुमा बिहान ८०० बजेबाट १००० बजेसम्म र बेलुका १५३० बजेबाट १८३० बजेसम्म २ सिफ्टमा परिचालन भईरहेको जानकारी गराइन्छ ।
राष्ट्रिय सेवा दल मुख्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालयमा २०७७ चैत ८ र ९ गते NCC Alumni Association Nepal का ५० जना पूर्व दीक्षित क्याडेटहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा दुई दिने ट्राफिक अभिमुखिकरण सम्बन्धी कक्षा संचालन गरिएको थियो ।
राष्ट्रिय सेवा दलले प्रशिक्षित NCC क्याडेटहरुको सहभागितामा विभिन्न मानविय सेवा तथा विपदको समयमा स्वयं सेवकको रुपमा परिचालन भई जनचेतनामूलक तथा सामाजिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।























