सानिमा इक्विटीको नबिल बैंकमा अधिक लगानी
काठमाडौं । सानिमा इक्विटी फन्डको फागुन मसान्तसम्म आइपुग्दा प्रति इकाई खुद सम्पति मूल्य (न्याभ) १८ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
यो माघ महिनाको भन्दा ८३ पैसा बढी हो । माघमा यसको न्याभ १७ रुपैयाँ ६३ पैसा थियो । फन्डको माघ सम्ममा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि १ अर्ब ६४ करोड २३ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
यो अघिल्लो महिनाको भन्दा ०.८४% ले मात्रै बढी हो । माघमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ६२ करोड ८५ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
यता, माघ सम्ममा २२ करोड ६४ लाख २९ हजार रुपैयाँ रहेको बैंक मौज्दात फागुनमा भने ३५ करोड २६ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा फन्डले ७७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको १ लाख २० हजार ६८ कित्ता सेयरमा १५ करोड ६ लाख ८५ हजार रुपैयाँ लगानी गरिएको हो ।






















