citizens life insurance long ad
stcnepal long ad

३०० युवाहरुले उद्यमशिलताका लागि विना ब्याज ३ लाख रुपिया प्राप्त गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

भक्तपुर । राष्ट्रिय युवा परिषद् , चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजना २०७७ चैत्र ३ गतेदेखि ९ गतेसम्म  सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता- GYB/SYB सात दिवसिय तालिम कार्यक्रम १० समुहमा ३७० जना लाई आज बाट शुरु भएको छ।

चैत्र ३ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा सुरु भएको हो। उक्त कार्यक्रमको तालिम पश्चात् नेपाल बैंकले ३०० जनालाई Business Proposal को आधारमा पालिकाको जमानीमा रु ३ लाखको दरले विना ब्याज Loan दिने सहमति भएको छ ।

उदघाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वनका लागि परिषद्ले युवा र बैंकलाई जोडने बताउनु भयो साथै बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल बैंकको तर्फ बाट सम्बोधन गर्दै डिपुटी सिईयो प्रकाश अधिकारीले आवश्यक डकुमेन्ट सहित प्रक्रियामा आए र बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताउनु भयो । युवाहरुलाइ उधमशिलताका लागि विना ब्याज ३ लाख रुपिया प्राप्त गर्नेछन । मेयर उद्यमशिलता कार्यक्रम चलाउने चाँगुनारायण  नगरपालिका देशकै पहिलो नगरपालिका हो।

IME Life
kumari