citizens life insurance long ad
stcnepal long ad

मिस मकवानपुर सिजन– ३ सौन्दर्य प्रतियोगिता भदौमा

Nimb long ad
Prabhu Insurance Long Ad

वाग्मती । मकवानपुरको हेटौंडामा सिजन– ३ सौन्दर्य प्रतियोगिता गरिने भएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेश प्रा.लि, एवं स्पाक्लिगंसिज प्रा.लि,को सहकार्यमा मिस मकवानपुर २०१८ एवं कलिवुड सुपर डान्स एण्ड फिनेशद्वारा आयोजित मिस कलिबुड २०१९ सफल भएपछि दुवै संस्थाको संयुक्त आयोजनामा मिस मकवानपुर सिजन–३ प्रतियोगिता आयोजना गरिने कलिउड सुपरडान्स एण्डफिटनेश प्रालिका सञ्चालक सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी जेठदेखि अडिसन शुरु भई भदौसम्म फाइनल प्रतियोगिता सम्पन्न गरिने बताइएको छ । प्रतियोगिताका उपाधि विजेताले चाँदीको ताज र रु एक लाख तथा उपविजेताले रु ५० हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तृतीय हुनेले रु २५ हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्ने जानकारी दिइएको छ ।

साथै भ्युवर्स च्वाइवसले नगद रु २० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागिता जनाउने १६ वर्ष भई २८ वर्षसम्मका अविवाहित नेपाली नागरिक हुनुपर्ने श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सहभागीको उचाइ पाँच फिट र शैक्षिक योग्यता एसइई उतीर्ण भएको हुनुपर्ने प्रावधान रहेको छ ।

IME Life
kumari