stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शान नेपाल विरुद्ध १३ मेनपावर प्रतिनिधिको उजुरी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिमाण्ड हत्याउन मेनपावरको अस्वस्थ प्रतिष्पर्धाले कतार रोजगारी मलेसिया झै बन्दै । कोभिड १९ को महामारीबाट माथि उठ्दै गर्दा वैदेशिक रोजगारको क्षेत्र पनि विस्तारै तङग्रिन थालेको छ ।

वैदेशिक रोजगारका लागि खाडीका केही देशहरुबाट माग आउन थालेपछि मेनपावर व्यवसायीबीच नै अस्वस्थ्य प्रतिष्पर्धा हुन थालेको हो ।

वैदेशिक रोजगारीको लागि कतारबाट आउने डिमाण्डलाई आफ्नो बनाउन मेनपावर व्यवसायीले अवैध चलखेल गरेर अस्वस्थ प्रतिष्पर्धा गर्दा त्यसको मार कामदारलाई पर्न थालेको छ ।

कतारका रोजगारदाता कम्पनीले सेवा शुल्क सहित श्रमिकको लागि सम्पूर्ण खर्च दिने भएता पनि नेपालका केही मेनपावरहरुले अहिले उल्टै कमिशन दिएर डिमाण्ड आफ्नो पक्षमा हत्याउन लागि परेका छन् ।

कतारका कम्पनीहरुले सेवा शुल्क मेनपावर कम्पनीलाई दिने गरेकोमा अहिले पाउँदै आएको उक्त सुविधा छोडेर आफ्नो पक्षमा पार्नका लागि प्रतिव्यक्ति ४ हजार रियालसम्म कमिशन दिने परेको पाइएको छ । व्यवसायीले कमिशन कतारमा तिर्नु भनेको त्यसको मार कतार जाने कामदार माथि स्वत थोपर्नु हो ।

कतारमा अस्वस्थ्य प्रतिष्पर्धामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार समेत रहेका शान नेपाल प्रा.लि.का संचालक नवलकिशोर यादव अग्रस्थानमा रहेको पाइएको छ । यादवले कतारका प्राय : जसो कम्पनीमा चर्को कमिशनको प्रलोभन देखाएर आफ्नो कम्पनीको नाममा डिमाण्ड ल्याउने गरेको पाइएको छ ।

कतारमा नै रहेका १३ वटा मेनपावरका प्रतिनिधिले संयुक्तरुपमा शान नेपालको विरुद्धमा दूतावासमा जानकारी गराउँदा कतारको बजारमा यादवले कमिशन बढाउन पछि नहटेको ति प्रतिनिधिले उल्लेख गरेका छन् ।

उनीहरुले भनेका छन्–‘ शान नेपाल प्रालिका संचालक नवल किशोरले कतारका प्रत्येक कम्पनीमा ३९ सयदेखि ४ हजार रियालसम्म अफर गर्ने गरेको पाइएको छ, यस विषयमा दूतावासमा पटक–पटक ध्यानाकर्षण गराइसकेका छौ ।’

शान नेपाल नेपाल प्रा.लि. का संचालक यादवले कतारको अत्याधिक माग ल्याउनुको राज यही भएको उनीहरुको ठहर छ । शानका यादवले यस अगाडि पनि कतारको एक कम्पनीमा मागे जति कमिशन दिन्छु भनेर अफर गरेको म्यासेज सार्वजनिक भएको थियो ।

शानका संचालकले नेपाली दूतावासमा आफ्नो साँठगाँठ भएको बताउने गरेको कतारमा रहेका व्यवसायीहरुको भनाई छ । नेपाली दूतावास कतारले पनि शान नेपालको यस्तो गतिविधीलाई मुकदर्शक भएर हेरिरहेको छ ।

यता वैदेशिक रोजगार विभागले शान नेपालले ल्याएको मागपत्रलाई अनुसन्धान गर्नुपर्ने माग उठेको छ । शान नेपालका गतिविधीलाई निगरानीमा राख्नु पर्ने सर्वत्र आवाज उठेको हो ।

यद्यपी शानका संचालक यादवले आफुलाई बद्नाम गराउन केही मेनपावरहरुले अफवाह फैलाएको जिकीर गरेका छन् । तर, नेपालका मेनपावर व्यवसायीहरु पनि शान नेपालले चर्को कमिशनको अफर गरेको प्रमाण रहेको बताउँदै आएका छन् ।

यता, कतारले गत अगष्टमा नै आप्रवासी श्रमिकबीच भेदभाव नरहने गरी न्यूनतम तलब निर्धारण गर्ने तथा रोजगारदाता परिवर्तन गर्न पाउने कानुन स्वीकृत गरेपछि नेपालीहरुको मोह बढेको छ ।

कतार नेपाली श्रमिकको लागि उचित श्रम गन्तव्य हुनु र नेपालीहरुको माग धेरै रहेकाले मेनपावर व्यवसायीले कमाउने दाउ छोपेका हुन् ।

नेपालको श्रम गन्तव्य मुलुकहरुमा मलेसियाले हालसम्म नयाँ विदेशी श्रमिक लिने घोषणा गरिसकेको छैन । युएईले सरकारी र गैर सरकारी कम्पनीको लागि मात्र विदेशी कामदार लिने निर्णय गरेको छ । साउदीस्थित नेपाली दुतावासले डिमाण्ड प्रमाणीकरणमा ढिलाई गर्दा त्यति सहज हुन सकेको छैन । ओमान, बहराइन लगायतका अन्य देशबाट न्यून संख्यामा डिमाण्ड आउने गर्दा कतार सबैको रोजाई बनेको छ ।

व्यवसायीको अस्वस्थ प्रतिष्पर्धा हुँदा विगतमा मलेसिया रोजगारी बन्द भए झै कतार रोजगारी व्यवसायीकै कारण गुमाउनु नपरोस् । हिजोका दिनमा व्यवसायीले इजरायल रोजगारीमा यस्तै कमिशन बढाबढ गर्दा आजसम्म इजरायल रोजगारी गुमेको व्यवसायीले हेक्का राख्न जरुरी छ ।

prabhu mahalaxmi
kumari