stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शब्दयात्रा प्रकाशनबाट विभिन्न विधाकाहरु सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

बनेपा । काभ्रे, शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष विभिन्न विधाकाहरुलाई समाहित गरेर ९ विधालाई जेठ महिनामा र अर्को ९ विधामा मंसीर महिनामा गरी जम्मा १८ जना सम्मानित गरिने गरेको छ । कोभिडका कारण जेठ र मंसीर महिनाको एकमुष्ठ १८ विधाका सम्मानहरु एकैपटक प्रदान गरियो ।

सो समारोहमा कवि तुलसी दिवसलाई (कविताकाव्य), आमसञ्चार विज्ञ यादव खरेल (आमसञ्चार) सम्मान, मूर्तिकार तथा प्राज्ञ ठाकुरप्रसाद मैनाली (राष्ट्रझंकार), डा जगमान गुरुङ (अनुसन्धान),डा.मनप्रसाद वाग्ले (शिक्षा), प्रकाश मास्के (फोटो पत्रकारिता), सरस्वती शर्मा जिज्ञासु (नव माधुरी साहित्यिक पत्रिका), प्रजापति तिमिल्सिना (सिर्जना), पदम दाहाल (स्तम्भकार), एक्कुमाया पुन (शिक्षक), जीवनचन्द्र कोइराला (शोध), प्रमोद प्रधान (बालसाहित्य), डा.योगेन्द्रभक्त मल्ल श्रेष्ठ (सामाजिक जागरण), डा. योगी विकासानन्द (आध्यात्मिक पत्रकारिता), डा. अरुणा उप्रेती (महिला प्रतिभा), देवीप्रसाद चापागाई (विज्ञान प्रविधि), हिरण्य कुमारी पाठक (प्रशासनिक महिला प्रतिभा), दधिराज सुवेदी (समलोचना) विधामा सम्मानित गरियो ।
साथै यस समारोमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका २ वटा पुस्तक सार्वजनिक गरियो । ती पुस्तकहरुमा किरण त्रिपाठी पन्तद्वारा लिखित कुँडिएका मनहरु कवितासंग्रह र नवीना श्रेष्ठद्वारा लिखित कुम्भेश्वर रहेका छन् ।

यसरी हालसम्म शब्दयात्रा प्रकाशनबाट १ सय ५२ पुस्तकहरु प्रकाशित गरिसकेका छन् र सो पुस्तकको पुस्तक सम्वन्धि परिचय शब्दयात्रा प्रकाशनका निर्देशक कृष्णमणि कुइँकेलले गर्नुभएको थियो ।

सो कार्यक्रममा शब्दयात्रा प्रकाशनका निर्देशक हरि गोपाल प्रधानबाट स्वागत मन्तव्य दिनुभएको थियो । प्रकाशन समितिका अध्यक्ष हरि मञ्जीश्रीले कार्यक्रमको संचालन गर्नुभएको थियो, उक्त कार्यक्रमा सभापति आधुनिक धुलिखेलका परिकल्पनाकार बेलप्रसाद श्रेष्ठ, प्रमुख अतिथिमा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्मा थिए ।

prabhu mahalaxmi
kumari