stcnepal long ad
global ime bank long

ललितपुर र सिन्धुपाल्चोक जिल्लामा थप तीनवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि भारतले नेरु २४.६ करोड सहयोग 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । तीन वटा थप सांस्कृतिक सम्पदाको पुर्नस्थापना तथा पुनर्निर्माणका लागि आज काठमाडौंमा सम्झौतापत्र र ठेक्का सम्झौतामा हस्तक्षर भयो।

काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाता बीच ठेक्का सम्झौतामा हस्ताक्षर भयो।

सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरुमा ललितपुरस्थित जेष्ठवर्ण महाविहार तथा सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पर्दछन्। इण्डियन नेसनल ट्रष्टफर आर्ट एण्ड कल्चरल हेरिटेज (INTACH) ले जेष्ठवर्ण महाविहारको पुनस्र्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षती पु¥याएका यी तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत नेरु २४.६ करोडको लागतमा हुनेछ।

भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुर्नस्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर (नेरु ५ अर्ब ८० करोड ) सहयोग गर्ने प्रतिबद्धता गरेकोछ ।

भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजना मध्ये ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ।

यसै क्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र काठमाडौं महानगरपालिकाका मेयरले गत फागुन १६ गतेका दिन काठमाडौंको जनबहाल स्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एव म्पुनस्र्थापनाका लागि संयुक्तरुपमा भूमि पूजन कार्यक्रम सम्पन्न गर्नुभयो।

भारतले बिगतदेखि नै सांस्कृतिक सम्पदाकोपुर्नस्थापनाका लागि नेपाल सँग मिलेर काम गर्दै आएको छ। यो सहकार्यले दुई देश बीचको बलियो र ऐतिहासिक मैत्री सम्बन्धको आधारको रुपमा रहेको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गर्दछ। नेपाल सरकारको प्राथमिकता अनुरुप लामो समयदेखिको आफ्नो अटूट एव म्बहु आयामिक विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार कटिबद्ध छ।

IME Lifesidebar
kumari