citizens life insurance long ad
stcnepal long ad

घरघरबाट विरोध प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपील

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शनमा घरघरबाट सहभागिता भएर प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत् भातृ संस्था र शुभेच्छुक सबैलाई यस्तो अपील गरेका हुन् ।

विज्ञप्ति मार्फत ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागिएको जनाइएको छ। ‘भोलिको प्रदर्शनमा सबैलाई घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसविद्ध आगामी माघ ८, १९ र २४ गते पनि प्रदर्शनमा सहभागीता जनाउन सभापति देउवाले अपील गरेका छन् ।

IME Life
kumari