citizens life insurance long ad
stcnepal long ad

काठमाडौंका केहि क्षेत्रमा शनिबार र आइतबार क्षेत्रमा दुई दिन बत्ति जाने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले काठमाडौंका केहि ठाउँमा शनिबार र आइतबार बिजुली अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको जनाएको हो ।

प्राधिकरणका अनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो । बानेश्वर वितरण केन्द्रले दिएको जानकारी अनुसार शनिबार बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ।

त्यस्तै, शनिबार नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ भने कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द हुने प्राधिकरणले जनाएको छ ।

IME Life
kumari