citizens life insurance long ad
stcnepal long ad

आजबाट महिला लघुवित्तको आइपीओ विक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।आज बिहिबारबाट महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ  विक्री खुला हुँदैछ । संस्थाले माघ २८ गते बुधबारबाट साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भनेकोमा उक्त मिति परिवर्तन भई आज माघ ३० गते, शुक्रबारबाट निष्काशन तथा बिक्री खुला गर्ने हुँदैछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्तआइपीओमा छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फगुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

IME Life
kumari