citizens life insurance long ad
stcnepal long ad

नेपाल धितोपत्र बोर्डबाट रूरू जलविद्युत परियोजनालाई आईपीओ विक्री गर्न अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट रूरु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणलाई आईपीओ विक्री गर्न  अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि गरी कुल रू। ८ करोड १५ लाख ४१ हजार १०० बराबरको ८ लाख १५ हजार ४११ कित्ता शेयर विक्री गर्न माघ २१ गते बोर्डको अनुमति पाएको हो ।

कुल कित्तामध्य ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावित स्थानियका लागि र ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गर्नेछ । कम्पनीले स्थायिलाई प्रतिकित्ता रू. १०० र सर्वसाधारणलाई प्रतिकित्ता रू. १२० मा आईपीओ जारी गर्न लागेको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

IME Life
kumari