ग्लोबल आइएमई लघुवित्तको नाफा ५३.६९%
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड ९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५३.६९% ले बढी हो । गत वर्ष यसैअवधिमा संस्थाले ७ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
पुस मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ३५.४६% ले बढेर १९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले १४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । कम्पनीले सञ्चालन नाफा पनि १२ करोड ३६ लाख रुपैयाँबाट बढाएर १३ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।
हालसम्म ग्लोबलले १ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ३३ करोड ८ लाख ८४ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १८ करोड ७९ लाख रुपैयाँ रहेको छ । यसअवधिमा संस्थाको खराब कर्जा भने ०।९९५ बाट बढेर ३।४६५ भएको छ । प्रतिसेयर आम्दानी ७३ रुपैयाँ १३ पैसा रहेको ग्लोबलको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा छ ।






















