निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै
काठमाडौँ । निर्वाचन आयोगले आज नेकपाको दुवै समूहसँग छलफल गर्दैछ। आयोगले नेकपाका दुवै पक्षलाई छुट्टाछुट्टै पत्र लेखेर छलफलका लागि कार्यालयमा बोलाएको हो।
बिहान साढे ११ बजे दुवै समूहबाट पाँचरपाँच जनालाई छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका विषयमा छलफल गर्न आफूहरुलाई बोलाएको नेकपा दाहाल(नेपाल पक्षका नेता लिलामणि पोखरेलले बताएका छन्।
पार्टी विवादको विषयमा छलफल गर्नलाई आयोगले बोलाएको होइन रु भन्ने प्रश्नमा पोखरेलले त्यसबारे आफूहरुलाई स्पष्ट नपारिएको र शुक्रबार आयोगमा गएपछि थाहा हुने बताए। यता ओली पक्षका नेता सुवास नेम्वाङले पनि निर्वाचन आयोगबाट छलफलका लागि बोलाइएको बताए।
आयोगले पठाएको पत्रमा मतदाता नामावली र निर्वाचन केन्द्रबारे छलफल गर्ने उल्लेख भए पनि नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे पनि छलफल हुने बताइएको छ।























