यूनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औं वार्षिक साधारण सभा आज माघ ७ गते वेविनार मार्फत होटल हिमालय कुपण्डोलमा सम्पन्न भएको छ ।
कम्पनीले बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सभाले सर्वसहमतिले पारित गरेको छ ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरियो ।
आर्थिक वर्ष २०७६/०७७ का लागीबाह्य लेखा परिक्षक श्री मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गर्ने निर्णय गरियो ।
कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरियो ।
कम्पनीको आ.व. २०७७/०७८ को वित्तीय विवरणमा कुल बीमा शुल्क आम्दानी रु.४८,८०,३३,४४५.६२ रहेको छ । खुद बीमा शुल्क आम्दानी रु.२३,०७,५२,४२६.२० रहेकोमा खुद नाफा रु २,२२,१२,१०२.५३ रहेकोछ । यस कम्पनीको लगानी गत आ.व. को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु. ६९,८४,४२,१३१.७४पुगेको छ ।
आ.व. २०७५/०७६ मा कम्पनीको कुल कारोवार गत आ.व. २०७४/०७५ को तुलनामा २.२५प्रतिशतले वृद्धि भई रु. ४८,८०,३३,४४५.६२ बीमा शुल्क आर्जन गरेको जानकारी वार्षिक साधारण सभा गराएको छ ।
यूनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज९माघ ७ गते० २६औं वार्षिक साधारण वेविनार मार्फत होटल हिमालय कुपण्डोलमा सम्पन्न भएको छ।
सभाले आर्थिक बर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा आव २०७६र७७ को लागि लेखा परिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सभाले सर्वसहमतिले पारित गरेको हो ।























