citizens life insurance long ad
stcnepal long ad

चिलिमेको नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा १०५ नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस १६ गतेबाट आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट वितरण गरेको नगद लाभांश खातामा पठाएको हो ।

डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीको भनाई छ । हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ ।

बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ । सेयर धितोमा राखेकाले नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट स्वीकृति पत्र आनिवार्य रुपमा पेश गर्नुपर्ने छ । चिलिमेको पुस १२ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १०% नगद लाभांश र १०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।

IME Life
kumari