citizens life insurance long ad
stcnepal long ad

पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न, दुई सञ्चालक नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कठमाडौंमा सम्पन्न साधारण सभाले एक जन संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।

सभाले आ.व. २०७५/०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रदिवेदन सहितको २०७६ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ।व। २०७५/०७६ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०७६/०७७ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका श्याम कार्की एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई दोस्रो वर्ष भएकोले पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

साथै, नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट डा। डिल्लिराज अर्याल तथा नियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सभाले सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाले संचालक समितिको निर्णण बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ । यस्तै सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरवदलको सुझाव प्राप्त भएमा सो बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

IME Life
kumari