stcnepal long ad
ime life insurance
national life
global ime bank long

नबिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकको ३६ औ बार्षिक साधारण सभा  आज सम्पन्न भएको छ । बैंकको अध्यक्ष उपेन्द्र पौड्यालको अध्यक्षतामा बसेको ३६ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेशगरेअनुसार आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएको छ। आ.व. २०७६/०७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ ।

बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूजी यस बर्ष रु. १३ अर्ब ४८ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”

हामी ठूलो बैंकसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौ। बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकाल देखि हालसम्म रू.२१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।

IME Lifesidebar
kumari