citizens life insurance long ad
stcnepal long ad

एनएमबि बैंकको सभाले पारित गर्यो १६.२ प्रतिशत लाभांश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १६.२ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले बैंकको आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) गरी १६.२ प्रतिशत लाभांश पाउने भएका छन् ।

वार्षिक साधारणसभाले बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।

बैंकको सभा आज काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको हो । कोभिड १९ का कारण हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स ९भर्चुअल० प्रविधि मार्फत संचालन गरी सेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

IME Life
kumari